• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Tuesday, July 7, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

रास्वपाको संसदीय दलका नेता फेर्न सक्ने शक्तिशाली अधिकार सभापतिलाई

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८३ असार २२, सोमबार १८:३४
पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टीको संगठन विस्तार तीब्र, स्थानीय तहको वडाहरुमा जिम्मेवारी बाँडफाँट
1
SHARES
8
VIEWS

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विधान संशोधनले नेपालको संसदीय अभ्यास र दलभित्रको शक्ति सन्तुलनमा एउटा नयाँ र पेचिलो बहस सिर्जना गरेको छ।

विशेषगरी पार्टी सभापति र संसदीय दलको नेताबीचको शक्ति सम्बन्धलाई लिएर विधानमा गरिएको यो व्यवस्थाले पार्टीभित्र केन्द्रीय नेतृत्वलाई अत्यधिक शक्तिशाली बनाएको देखिन्छ।

यस संशोधनको सबैभन्दा अर्थपूर्ण राजनीतिक पक्ष भनेको पार्टी सभापति रवि लामिछाने र संसदीय दलको नेताका रूपमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहबीचको शक्ति सन्तुलन हो।

ADVERTISEMENT

सामान्यतया संसदीय व्यवस्थामा प्रधानमन्त्री वा संसदीय दलको नेता संसद र सरकार सञ्चालनमा स्वायत्त हुने गर्दछन्। तर, रास्वपाको संशोधित विधानको दफा (६८ १–ङ) ले पार्टी सभापतिको नीतिगत निर्देशन अवज्ञा गरेमा संसदीय दलको नेतालाई नै पदमुक्त गर्न सक्ने असाधारण अधिकार सभापतिलाई सुम्पेको छ। यसले सरकार प्रमुख वा संसदीय दलको नेतामाथि पार्टी संगठनको नियन्त्रण र अंकुश रहने स्पष्ट पार्छ।

विधानले ुसंसदीय दलसँग समन्वयु लाई सभापतिको वैचारिक तथा राजनीतिक नेतृत्वअन्तर्गत राख्दै मार्गनिर्देशनको पालना गर्नु प्रधानमन्त्री, दलको नेता र सांसदहरूको अनिवार्य कर्तव्य हुने व्यवस्था गरेको छ।

यो व्यवस्थाले संसदभित्र पार्टीको आधिकारिक नीति र दृष्टिकोणलाई एकरूपता दिन सहयोग पुर्‍याउने तर्क एक ठाउँमा होला, तर यसले संसदीय दलको आन्तरिक लोकतन्त्र र सार्वभौमिकतालाई भने खुम्च्याउने जोखिम बढाउँछ।

Advertisment Advertisment Advertisment

सांसदहरू जनताबाट निर्वाचित भएर आएका हुनाले उनीहरूको पहिलो जवाफदेहिता संसद र जनताप्रति हुनुपर्नेमा, यो व्यवस्थाले उनीहरूलाई पार्टी प्रमुखको निर्देशनको घेराभित्र मात्र सीमित गरिदिने देखिन्छ।

त्यसैले, यो संशोधन केवल एउटा प्राविधिक नियम परिवर्तन मात्र होइन। यो रास्वपाभित्र ुपार्टी नियन्त्रित संसदीय दलु को अवधारणा स्थापित गर्ने रणनीतिक प्रयास हो।

भविष्यमा पार्टी सभापति र प्रधानमन्त्री वा संसदीय दलको नेताबीच नीतिगत मतभिन्नता भएमा यसले पार्टीभित्र ठूलो राजनीतिक टकराव निम्त्याउन सक्छ, जहाँ अन्तिम निर्णयक साँचो भने पार्टी सभापतिकै हातमा सुरक्षित रहनेछ।

Previous Post

निजगढमा सामान्य विवादमा खुकुरी प्रहार, एक घाइते, आक्रमणकारी प्रहरी नियन्त्रणमा

Next Post

सशस्त्र प्रहरीद्वारा वीरगञ्जमा १२ लाख बढीको अवैध सामान र सवारीसाधन बरामद

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In