वीरगन्ज । प्रेस सेन्टर नेपाल पर्साले स्थापना गरेको पुरस्कारबाट दुईजना सम्मान्नित भएका छन् ।
महान शहिद तथा पत्रकार कृष्ण सेन ‘इच्छुक’ को स्मृतिमा स्थापना गरिएको ‘कृष्ण सेन ‘इच्छुक’ सम्मान’ पत्रकारिता पुरस्कारबाट निरज पिठाकोटे मगर र प्रेस सेन्टर नेपाल युवा क्रियाशील पत्रकारिता पुरस्कारबाट बलिराम यादवलाई सम्मान गरिएको हो ।
पिठाकोटे मगर कारोबार राष्ट्रिय आर्थिक दैनिकका मधेस प्रदेश संयोजक तथा प्रेस सेन्टर नेपाल मधेस प्रदेश अध्यक्ष समेत हुन् । बलिराम यादव राष्ट्रिय फण्डा अनलाईनका सञ्चालक तथा प्रेस सेन्टर नेपाल पर्साका सदस्य हुन् ।
दुईजनालाई जनही २१/२१ हजार राशीको चेक, सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो । शनिबार आयोजित कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष कमल गिरी, सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) का बरिष्ठ उपाध्यक्ष तथा प्रेस सेन्टरका पूर्व उपाध्यक्ष गोविन्द देवकोटा,
नेपाल पत्रकार महासंघ केन्द्रीय लेखा समिति संयोजक केसी लामिछाने, प्रेस सेन्टर नेपालकी केन्द्रीय सचिव सुनिता बराल, नेपाल पत्रकार महासंघ मधेस प्रदेश अध्यक्ष श्याम बञ्जारा लगायतले सम्मान गरेका थिए ।
प्रेस सेन्टर नेपालका अध्यक्ष शिवनाथ यादवको अध्यक्षतामा भएको पुरस्कार वितरण समारोहमा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि गिरीले कृष्ण सेन इच्छुक जस्तो व्यत्तित्वका नाममा स्थापित पुरस्कारबाट पुरस्कृत भएकोमा बधाई तथा शुभकामना व्यक्त गरे ।
कृष्ण सेन इच्छुकले राज्यको दमन, अत्याचार र अन्याय सहेनन् बरु मृत्यु स्वीकार गरेका क्रान्तिकारी व्यक्तिको नाममा स्थापित पुरस्कारका लागि पनि उपयुक्त व्यक्त छनोट गरेकोमा प्रेस सेन्टर नेपाल पर्सा र छनोट समितिलाई उनले धन्यवाद समेत दिए ।
उनले सेनलाई हिरासतमा राखेर यातना दिई हत्या गर्ने तत्कालिन प्रहरी नायव उपरीक्षक अहिले सांसद भएको भन्दै हत्यारालाई कारवाही गर्न सबै पत्रकार एकजुट हुनुपर्ने बताए ।
कार्यक्रममा सामुदायिक प्रसारक संघ (अकोराब) का बरिष्ठ उपाध्यक्ष गोविन्द देवकोटाले कृष्ण सेन जस्ता शहिदहरुको रगतले भएको परिवर्तनमा फेरी सञ्चार माध्यमहरुमाथि राज्यले नाकाबन्दी गर्न खोजेको भन्दै यसको विरुद्धमा आन्दोलनको आवश्यकता औंल्याए ।
उनले अहिले राज्यले गरिरहेको सञ्चारमाध्यम माथिको आर्थिक नाकाबन्दी विरुद्ध लड्न कृष्ण सेन इच्छुक जस्ता व्यक्तिहरुको अभाव खड्किने र उनीहरुले देखाएको बाटो र आदर्शमा हिड्न प्रेरित गर्ने गरेको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समिति संयोजक केसी लामिछाने, मधेस प्रदेश अध्यक्ष श्याम बञ्जारा, पर्सा अध्यक्ष ओमप्रकाश खनाल, जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापा लगायतले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य संतोष पौडेल, सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साका सशस्त्र प्रहरी नायव उपरीक्षक मोहन निरौला, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तुलसी भण्डारी, पर्सा अध्यक्ष निरञ्जन मिश्र, सञ्चारिका समूह मधेस प्रदेश सचिव कविता खड्का,
प्रेस सेन्टर नेपाल मधेस प्रदेश सचिव रञ्जित पाण्डे, सदस्यहरु शब्दर हुसैन, भरत सर्राफ, प्रेस युनियन पर्साका अध्यक्ष विजय महतो, प्रेस सेन्टर नेपाल बाराका अध्यक्ष रञ्जन यादव, समाजवादी प्रेस संगठनका पर्सा अध्यक्ष शम्भु कुमार सुमन,
हिन्दु पत्रकार संघका अध्यक्ष राजन रौनियार, क्रियाशील युवा पत्रकार मञ्च पर्साका अध्यक्ष आनन्द पटेल लगायत विभिन्न सञ्चार माध्यममा आवद्ध सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण प्रेस सेन्टर नेपाल पर्साका सचिव अजित कुमार भूजेलले गरेका थिए ।

