वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पर्साको वीरगञ्ज महानगरपालिकामा आफ्नो संगठन विस्तारलाई तीव्रता दिएको छ ।
यसै क्रममा वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ४ र वडा नम्बर १२ मा वडा अधिवेशन तथा भेला सम्पन्न गरी नयाँ कार्यसमिति गठन गरिएको छ ।
वीरगञ्ज महानगरपालिका वडा नं.४ (बिर्ता) मा सम्पन्न वडा भेला तथा अधिवेशनले मुकेश सिंहको सभापतित्वमा ११ सदस्यीय नयाँ वडा कमिटी सर्वसम्मत चयन गरेको छ ।
नवगठित कमिटीको उपसभापतिमा इश्वरी थापा चयन भएका छन् । क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति राम आर्यको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा वडा स्तरमै संगठनलाई सुदृढ बनाउने लक्ष्य राखिएको छ ।
अधिवेशनका सहभागीहरूले जनस्तरबाट जनताको आवाज उठाउने, युवा शक्तिलाई संगठित गर्ने तथा परिवर्तनको अभियानलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नयाँ कमिटीले आगामी दिनमा वडा स्तरमै सक्रिय रूपमा काम गर्दै पार्टीको संगठन विस्तार र जनसमस्याको समाधानमा केन्द्रित हुने विश्वास लिएको छ ।
यसैगरी, वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीमा पनि रास्वपाको वडा भेला भव्यताका साथ सम्पन्न भएको छ ।
भेलाले सनी साहको सभापतित्वमा ११ सदस्यीय वडा इकाई कमिटी गठन गरेको छ । कमिटीको सचिवमा फारूक अन्सारी (फारुख खान) लगायत ११ सदस्यीय वडा कमिटी गठन भएको छ।
वडा स्तरमा संगठनलाई थप चलायमान बनाउन र स्थानीय मुद्दाहरूलाई प्राथमिकताका साथ उठाउन यो कमिटीले काम गर्ने रास्वपा जिल्ला सदस्य महमुद अन्सारीले जानकारी दिए ।

