वीरगञ्ज । १३७औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (NMSRA) वीरगञ्ज इकाईले विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रमहरूको आयोजना गरी दिवस भव्य रूपमा मनाएको छ।
दिवसको अवसरमा आज बिहान वीरगञ्जमा मोटरसाइकल र्याली आयोजना गरिएको थियो। र्याली सम्पन्न भएपछि संघको टोली “आमाको माया छात्रावास” पुगेर त्यहाँ आश्रित बालबालिकालाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको थियो।
कार्यक्रमको विशेष आकर्षणका रूपमा छात्रावासका बालबालिकासँग केक काट्दै खुसी साटासाट गरिएको थियो। यसले मजदुर दिवसलाई सामाजिक सद्भाव र मानवताको सन्देशसँग जोड्न सफल भएको संघले जनाएको छ।
उक्त कार्यक्रम संघका अध्यक्ष सौरव बर्णवालको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा केन्द्रीय उपाध्यक्ष गणेश साह, वरिष्ठ उपाध्यक्ष बिकाश कुशवाहा, उपाध्यक्ष अजय पटेल, सचिव बब्लु चौधरी, सह–सचिव गौरव पटेल, कोषाध्यक्ष दिपेन यादव, सह–कोषाध्यक्ष सिद्धार्थ पाण्डे लगायत सदस्यहरू सौरभ साह, अभिषेक गुप्ता, जाहिर आलम, राहुल गुप्ता तथा सलाहकारहरू रिकेश साह, श्याम चौहान, सचिन शाह कानु सहित अन्य साधारण सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
संघका अनुसार, कार्यक्रममार्फत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै बालबालिकाको शिक्षामा सहयोग पुर्याउनुका साथै मजदुर दिवसको महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखिएको छ।
