• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, April 1, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

‘जाऔं है पोखरा’ अभियान टोली वीरगन्जबाट बिराटनगर प्रस्थान

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ चैत्र १०, मंगलवार १७:२८
‘जाऔं है पोखरा’ अभियान टोली वीरगन्जबाट बिराटनगर प्रस्थान
1
SHARES
13
VIEWS

वीरगन्ज । वीरगन्ज र मधेसका सरोकारवालाहरूले पोखराका पर्यटन व्यवसायीसमक्ष आफ्ना गम्भीर सरोकार र शर्तहरू राखेका छन्। ‘जाऔं है पोखरा’ अभियान लिएर वीरगन्ज आइपुगेको टोलीलाई यहाँका उद्यमी र व्यवसायीले केवल निम्तोले मात्रै पर्यटन नफस्टाउने स्पष्ट पार्दै पूर्वाधार र कनेक्टिभिटीमा देखिएका ठूला खाडलहरू औंल्याएका हुन्।

छलफलका क्रममा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले पोखराको थकाली संस्कृति र पर्यटनको प्रशंसा गरे पनि त्यसलाई अझै परिस्कृत र आधुनिक बनाउनुपर्ने आवश्यकतामा जोड दिए। उनले भारतीय पर्यटकलाई आकर्षित गर्न सीमा नाकामै एकीकृत जाँच प्रणालीमार्फत सहज वातावरण बनाउनुपर्ने र कछुवा गतिको सडक पूर्वाधार निर्माणले पर्यटकहरू अन्यत्रै मोडिने खतरा रहेको भन्दै पोखरेली टोलीलाई सचेत गराए।

ADVERTISEMENT

कनेक्टिभिटीको मुद्दालाई जोडदार रूपमा उठाउँदै संघका निवर्तमान अध्यक्ष अनिल अग्रवालले सिमरा–पोखरा हवाई उडान बन्द हुनुले पर्यटन क्षेत्रमा ठूलो धक्का लागेको बताए। उनले ‘वेडिङ डेस्टिनेसन’ का रूपमा नेपाललाई विकास गर्न अझै उच्चस्तरको पूर्वाधार आवश्यक रहेको भन्दै बन्द हवाई सेवा तत्काल सुचारु गर्न जोड दिए।

त्यस्तै, वरिष्ठ उपाध्यक्ष माधव राजपालले भारतीय पर्यटकको आवागमनलाई झन्झटमुक्त नबनाएसम्म पर्यटन विकासको कुरा गर्नु व्यर्थ हुने टिप्पणी गरे। सञ्चारकर्मीका तर्फबाट श्याम बञ्जराले राज्यको नीतिगत कमजोरी र व्यवसायीले सञ्चार क्षेत्रलाई दिने सहुलियतमा देखाएको उदासीनताप्रति गुनासो पोखे।

कार्यक्रममा संविधानसभा सदस्य ओमप्रकाश शर्मा, पर्यटन बोर्ड पोखराका निर्देशक लक्ष्मण सुवेदी, नेपाल भारत सहयोग मञ्चका अध्यक्ष अशोक वैद, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारी लगायतले सम्बोधन गरेका थिए । उपस्थित पर्यटन व्यवासायी र सञ्चारकर्मीहरुले पोखरामा पाहुनालाई हुने समस्याहरुको बारेमा जिज्ञाशा राखेका थिए ।

आफ्नो बचाउ गर्दै होटल संघ पोखराका अध्यक्ष मणि लामिछानेले सेवामा रहेका कमजोरी सुधार्ने प्रतिबद्धता जनाउँदै वीरगन्जको सहयोग मागेका छन्। वीरगन्जमा आफ्ना माग र सरोकारहरू राखेपछि पोखराको टोली बिराटनगरतर्फ लागेको छ ।

Previous Post

प्रहरी प्रधान कार्यालयको कडा निर्देशन: सम्पर्कविहीन २४ प्रहरीलाई ७ दिनको म्याद

Next Post

सर्लाहीमा ठूटो जलाउँदा भएको आगलागीबाट उखुबाली नष्ट

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In