वीरगन्ज । वीरगन्जकाे सामुदायिक क्याम्पसका विद्यार्थीहरू आन्दाेलित भएका छन् । क्याम्पस प्रशासनले विद्यार्थीहरूलाई पूर्व सूचना नगरी एक्कासी कक्षा १२ काे परीक्षा स्थगित गरेपछि आक्राेशित विद्यार्थीहरू क्याम्पस प्रशासनकाे विराेधमा आन्दाेलित भएका हुन् ।
चैत १ गतेदेखि नै परीक्षा हुने तालिका भएपनि क्याम्पसका कर्मचारी र शिक्षकहरूले आन्दाेलन गरेर परीक्षा गार्ड नबस्ने भएपछि क्याम्पस प्रशासनले स्नातक तहका विद्यार्थीहरूलाई परीक्षा गार्ड राखेर परीक्षा शुरू गर्ने तयारी गरेकाे भन्दै विद्यार्थीहरूले विराेध गरेका हुन् ।
आन्दोलनरत विद्यार्थीहरूले क्याम्पसकाे मूलगेटमा नाराबाजी सहित धर्नामा बसेका छन् । केही विद्यार्थीहरू भने घण्टाघरमा आएर सडकजाम गर्दै विराेध गरेका छन् । क्याम्पसका कर्मचारीहरूले भने सञ्चालक समितिले राजनीतिक हस्तक्षेप गर्न खाेजेकाे आराेप लगाएका छन् ।
