वीरगन्ज । कलाकार दीपकराज गिरीले अहिले देशमा भईरहेको परिवर्तन विगतको इतिहासको योगदान भएको धारणा व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा अहिलेको संसदमा धेरै महिलाहरुको प्रतिनिधित्व, दलित, उतपीडित वर्गको प्रतिनिधित्व हिजो नेकपा माओवादीले गरेको दशबर्षे सशस्त्र जनयुद्धकै कारण भएको स्पष्ट पारेका छन् ।
उनले फेसबुकमा लेखेका छन्,
‘आजको यो परिवर्तन ! संसदमा यत्रा महिलाहरू !!
दलित ,उत्पिडित बर्गको प्रतिनिधित्व !!!
यस्को श्रेय चाहि माओबादी जनयुद्द लाइ नै जान्छ, इतिहॅासलाइ सम्मान नगरे त बर्तमान पनि कमजोर हुन्छ ! शुभप्रभात !!
नेपालको राजनीतिक क्षेत्रमा बेला बेलामा सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा व्यक्त गर्दै आउने गरेका गिरी कहिलेकाही विवादमा पनि पर्ने गरेका छन् ।
यसपटक भने उनले अहिलेको परिवर्तनमा जनयुद्धको भूमिका र योगदान रहेको भन्दै त्यसलाई विर्सन नहुने धारणा राखेका हुन् । भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनमा अधिकांश नेपाली कलाकारहरुको पनि नैतिक तथा भौतिक समर्थन रहेको र त्यसपछि भएको निर्वाचनमा पनि समानुपातिक सूचीमा धेरै कलाकारहरुलाई रास्वपाले समेटेपछि भएको परिवर्तन जनयुद्धकै भएको र त्यसलाई विर्सन नहुने आशय कलाकार गिरीले व्यक्त गरेका छन् ।

