• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Friday, May 1, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

पूर्व माओवादीका आधा दर्जन पदाधिकारी रास्वपामा प्रवेश, नगवामा हरि पन्तको घरदैलोमा उत्साहजनक जनसमर्थन

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ फाल्गुन १०, आईतवार १०:५८
पूर्व माओवादीका आधा दर्जन पदाधिकारी रास्वपामा प्रवेश, नगवामा हरि पन्तको घरदैलोमा उत्साहजनक जनसमर्थन
13
SHARES
144
VIEWS

वीरगञ्ज । देशभर फैलिँदै गएको परिवर्तनको बहससँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति जनआकर्षण तीव्र बन्दै जाँदा पर्सा क्षेत्र नम्बर १ को चुनावी माहौल थप रोचक बनेको छ। विशेषगरी वीरगञ्ज महानगरपालिका–२३ मा आयोजित पार्टी प्रवेश कार्यक्रमले रास्वपाको संगठनात्मक उपस्थिति मात्र होइन, जनसमर्थनको आधार पनि फराकिलो बन्दै गएको संकेत दिएको छ।

नेपाल कम्युनिष्ट पार्टी (पूर्व माओवादी) का आधा दर्जन स्थानीय पदाधिकारीले पार्टी परित्याग गर्दै रास्वपामा प्रवेश गरेका छन्। वडा नम्बर २३ मा आयोजित कार्यक्रममा माओवादी केन्द्रका इकाइ सदस्य जितेन्द्र महतोसहित सह–सचिव चन्दन पासवान, नगर सदस्य सुनिल कुमार ततवा लगायतका पदाधिकारी रास्वपामा प्रवेश गरेको जनाइएको छ। प्रवेश कार्यक्रममा बोल्दै नेताहरूले पुरानो राजनीतिक अभ्यासप्रति निराशा व्यक्त गर्दै वैकल्पिक राजनीतिक शक्तिलाई सघाउने निर्णय गरेको बताएका थिए।

ADVERTISEMENT

यसैबीच, पर्सा–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा रास्वपा पर्सा सभापति हरि पन्तले आफ्नो चुनावी अभियानलाई तीव्र बनाएका छन्। शनिबार नगवामा पार्टी कार्यालयको उद्घाटनसँगै उनले घरदैलो कार्यक्रमलाई आक्रामक रूपमा अघि बढाएका हुन्। नगवामा आयोजित घरदैलो कार्यक्रममा स्थानीय बासिन्दाको उल्लेख्य उपस्थिति देखिएको थियो।

टोल–टोलमा पुगेका पन्तले मतदातासँग प्रत्यक्ष संवाद गर्दै सुशासन, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण र जनउत्तरदायी शासन आफ्नो मुख्य एजेन्डा रहेको स्पष्ट पारे। घण्टी चुनाव चिन्हको प्रचारमा जुटेका कार्यकर्ताहरूले घरघर पुगेर समर्थन जुटाएका थिए। कार्यक्रमका क्रममा स्थानीय महिला तथा पुरुषहरूले फूलमाला र गम्छा लगाएर स्वागत गरेका थिए।

घरदैलोमा युवाहरूको उत्साह विशेष देखिएको थियो। समर्थकहरूले पन्तसहित बालेन शाह र रवि लामिछाने का तस्वीर तथा घण्टी चिन्ह अंकित सामग्री बोकेर नाचगान गर्दै समर्थन जनाएका थिए। “जय घण्टी” र “अबकी बार, वैकल्पिक सरकार” जस्ता नाराले वातावरण उत्साहपूर्ण बनेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै पन्तले “राजनीति सेवा हो, सत्ता होइन” भन्ने सन्देश दोहोर्‍याउँदै परम्परागत दलप्रति निराश जनताले अब वैकल्पिक शक्तिलाई अवसर दिनुपर्ने धारणा राखे। उनले क्षेत्रीय विकासका लागि योजनाबद्ध र परिणाममुखी कार्यक्रम ल्याउने प्रतिबद्धता जनाउँदै रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, सडक–पूर्वाधार विकास, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार आफ्नो प्राथमिकता रहेको बताए।

घरदैलोका क्रममा स्थानीय बासिन्दाले बेरोजगारी, कृषि उत्पादनको बजारीकरण, सडकको अवस्था, स्वास्थ्य सेवा अभाव र समग्र आर्थिक–राजनीतिक अस्थिरताबारे प्रश्न उठाएका थिए। जवाफमा पन्तले केन्द्र सरकारसँग प्रत्यक्ष समन्वय गर्दै पर्सा–१ लाई विकासको नयाँ मोडमा लैजाने प्रतिबद्धता व्यक्त गरे।

निर्वाचन नजिकिँदै जाँदा पर्सामा विभिन्न दलका उम्मेदवारहरू घरदैलो, सभा–सम्मेलन र संगठन विस्तारमार्फत मतदाता आकर्षित गर्न सक्रिय बनेका छन्। रास्वपाले भने वैकल्पिक राजनीतिक शक्तिको रूपमा जनतामाझ आफ्नो उपस्थिति थप सशक्त बनाउँदै लैजाने रणनीति अघि सारेको जनाएको छ।

Previous Post

मनहरीमा बस दुर्घटना: २२ जना घाइते, विद्युत् पोलमा ठोक्किएर भयो क्षति

Next Post

मतदान गर्नुअघि हजार पटक सोच्नुस्, भोट तपाईंको शक्ति हो: राजेन्द्र लिङदेन

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In