काठमाडौँ । पाठेघरको मुखको क्यान्सर रोकथामका लागि प्रभावकारी मानिने एचपीभी खोप माघ २५ गतेदेखि फागुन १५ गतेसम्म देशभर निःशुल्क रूपमा लगाइने भएको छ।
राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत कक्षा ६ मा अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका १० वर्ष उमेरका किशोरीलाई लक्षित गरिएको छ। साथै, अघिल्लो वर्ष खोप लगाउन छुटेका ११ देखि १४ वर्ष उमेर समूहका किशोरीलाई पनि खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

