काठमाडौं । भ्रष्टाचार नियन्त्रण र सुशासनको माग उठिरहेको बेला राष्ट्रिय ट्रमा सेन्टरको क्यान्टिन ठेक्कामा सेटिङ भएको आरोप लागेको छ।
क्यान्टिन सञ्चालनका लागि सबैभन्दा बढी भाडा कबोल गरेको क्वालिटी चमेनागृहले समयमै सम्झौता नगरेपछि त्यसभन्दा करिब १ लाख ५० हजार रुपैयाँ कम भाडा कबोल गरेको मनकामना क्यान्टिनलाई गोप्य रूपमा सम्झौताका लागि पत्र पठाइएको आरोप छ।
क्वालिटी र मनकामना एकै समूहका कम्पनी भएको र बढी दर कबोल गर्ने कम्पनीलाई सम्झौता नगराई कम दरको कम्पनीलाई ठेक्का दिने चलखेल भएको बताइएको छ।
यसरी अस्पताललाई मासिक ठूलो आर्थिक नोक्सानी हुने भन्दै ठेक्का प्रक्रिया रद्द गरी नयाँ टेण्डर आह्वान गर्न सरोकारवालाहरूले स्वास्थ्य मन्त्रालयसँग माग गरेका छन्।

