वीरगन्ज । उपकार सेवा नेपालले हरेक महिनाजस्तै यस महिना पनि ठोरी गाउँपालिका–१ भगवाननगरस्थित वृद्ध–वृद्धा आश्रममा आश्रित १७ जना अपाङ्ग, सुस्त मनस्थिति भएका व्यक्ति, वृद्ध–वृद्धा तथा बालबालिकाका लागि खाद्य तथा दैनिक उपभोग्य सामग्री सहयोग गरेको छ।
संस्थाले चामल, स्वाबिन, चिउरा, दाल, खानेतेल, नुन, साबुन, कपडा, फलफूल र मिठाईलगायत सामग्री उपलब्ध गराएको हो। एक कार्यक्रमबीच संस्थाकी अध्यक्ष विद्या कुमारी सरावगी, अभिभावक पद्मा देवी सरावगी र सामाजिक अभियन्ता प्रकाश थारुले आश्रमका सदस्य रामबहादुर थिङलाई सामग्री हस्तान्तरण गरेका थिए।
उपकार सेवा नेपालले आश्रमका लागि प्रत्येक महिना नियमित रूपमा सहयोग गर्दै आएको जनाएको छ।
