काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ १५ जिल्लाका १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार जनक शिक्षा सामग्री केन्द्र, भक्तपुरमा मतपत्र छपाइको काम जारी छ।
डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, सल्यान, जाजरकोटसहित दैलेख, सुर्खेत, रुकुमपश्चिम, बाजुरा, अछाम, कैलाली, झापा र सुनसरीका विभिन्न निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको मतपत्र छपाइ पूरा भएको आयोगले जनाएको छ।
आयोगका अनुसार नमूना मतपत्रतर्फ १० लाख ९८ हजार २०० प्रति छपाइ भई निर्वाचन क्षेत्रमा पुगिसकेको छ भने समानुपातिकतर्फ दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न भइसकेको छ।
