वीरगन्ज। वीरगन्ज महानगरपालिका वडा नम्बर ३१ र ३२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हरि पन्तले मतदाता भेटघाट कार्यक्रम गरेका छन्। भेटघाटका क्रममा स्थानीय मतदाताले यसपटक नयाँ पार्टी र नयाँ अनुहारलाई मतदान गर्ने अठोट व्यक्त गरेका छन्।
यसअघि माओवादी केन्द्रबाट प्रदेशसभामा निर्वाचित रहबर अन्सारीको प्रभाव क्षेत्र मानिँदै आएको वडा ३१ र ३२ मा यसपटक परिवर्तनको चाहना देखिएको छ। मतदाताहरूले पुराना राजनीतिक दल र नेताबाट अपेक्षित परिवर्तन नआएकाले हरि पन्तलाई मतदान गर्ने प्रतिबद्धता जनाएका हुन्।
भेटघाट कार्यक्रममा बोल्दै हरि पन्तले स्वच्छ राजनीति, जवाफदेही नेतृत्व र विकासमुखी योजनामार्फत वीरगन्जलाई समृद्ध बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले जनताको विश्वास नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको बताए।
