काठमाडौं । काठमाडौंस्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को घरको गेटमा तोडफोड भएको छ।
शुक्रबार राति अज्ञात समूहले गेटको ग्रिल फुटाएको प्रहरी परिसर काठमाडौंका डीएसपी कौशल बुढाथोकीले जानकारी दिए।
प्रहरीले चोरीको आशंकामा घटनाबारे अनुसन्धान गरिरहेको छ।
झापा–५ बाट चुनाव लडेका बालेन हाल चुनावी प्रचारका लागि कर्णालीमा छन्।
