काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन निर्वाचन आयोगले जिल्लास्तरमा आचारसंहिता अनुगमन अधिकृत परिचालन गरेको छ।
निर्वाचन आचारसंहिता, २०८२ को प्रभावकारी कार्यान्वयनका लागि सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिक विषय बाहेकका आचारसंहिता अनुगमनको जिम्मा दिइएको छ भने प्रमुख कोष नियन्त्रक/कोष नियन्त्रकलाई निर्वाचन खर्च र आर्थिक अनुशासनको निगरानी गर्ने जिम्मेवारी तोकिएको छ।
आयोगले यसपटक डिजिटल माध्यमबाट हुने प्रचारप्रसार र खर्चको विवरणलाई पनि विशेष निगरानीमा राख्ने जनाएको छ। आचारसंहिता उल्लंघन पाइएमा तत्काल कारबाही प्रक्रिया अघि बढाइने आयोगले चेतावनी दिएको छ।
