काठमाडौं । आगामी निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरूको टुंगो लगाउन रास्वपाले आइतबार दिउँसो २ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बैठक आह्वान गरेको छ।
प्रत्यक्षतर्फका उम्मेदवारहरूका बारेमा छलफल गरी नाम टुंगो लगाइने प्रवक्ता मनिष झाले जानकारी दिएका छन्। उम्मेदवार बन्न इच्छुक सदस्यहरूका लागि पार्टीले यसअघि नै २५ हजार रुपैयाँ आवेदन शुल्क तोकेको थियो।
रास्वपाले काठमाडौं महानगरका मेयर बालेन शाहको पक्षलाई समेटेर उम्मेदवारहरूको साझा सूची बनाउने तयारी गरेको छ।
कुलमान घिसिङ नेतृत्वको ‘उज्यालो नेपाल’ पार्टीसँगको एकता १२ दिनमै भंग भएपछि, रास्वपाले अब बालेनसँगै एकतामा आएका शक्तिहरूलाई प्राथमिकतामा राखेर उम्मेदवार टुंगो लगाउने भएको छ।
