काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले) ले आज (माघ ३ गते) प्रत्यक्षतर्फका उमेदवारहरूको अन्तिम नामावली सार्वजनिक गर्ने तयारी गरेको छ।
उमेदवार चयनका लागि आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा सचिवालय बैठक बस्दै छ। निर्वाचन आयोगको कार्यतालिका अनुसार माघ ६ गते देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम छ।
तल्लो कमिटीहरूबाट आएका सिफारिसमध्ये अध्यक्ष केपी शर्मा ओलीसहित करिब ३५ जना नेताहरू सर्वसम्मत भइसकेका छन्। बाँकी क्षेत्रको निर्णय आजको बैठकले गर्नेछ।
एमालेले हालसम्म कुनै पनि दलसँग गठबन्धन गर्ने निर्णय गरेको छैन। त्यसैले सबै १६५ क्षेत्रमै आफ्ना उमेदवार उठाउने तयारी पार्टीको छ।
दुर्गम क्षेत्रका उमेदवारहरूलाई कार्यक्षेत्र पुग्न समय लाग्ने भएकाले आजै निर्णय गर्न लागिएको प्रचार विभाग संयोजक मीनबहादुर शाहीले जानकारी दिनुभएको छ।
