बारा । मंगलबार बिहान करिब ९:३० बजे प्रहरी चौकी जैतापुर र अस्थायी प्रहरी पोष्ट पिलुवा, बाराबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले बारा जिल्लाको जीतपुरसिमरा उप–महानगरपालिका वडा नं. १८ बडर्वा क्षेत्रमा शंका लागी BAC 2343 नम्बरको योद्धा पिकअप गाडी रोकी चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा गाडीको पछाडिको भागमा फल्स बटम बनाई कालो प्लास्टिकमा लुकाई राखिएको लागूऔषध गाँजा २०३ किलो ८५० ग्राम (२० बिस पोका) फेला परेको हो।
गाँजा ओसारपसारमा संलग्न गाडी चालक मकवानपुर मनहरी गाउँपालिका वडा नं. ०६ बस्ने २४ वर्षीय निशान बहादुर सिन्चुरीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
