• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Saturday, May 2, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

सरकारको मनोमानी कर आतंक, लुट, भ्रष्टाचारका कारण मुलुकको अर्थतन्त्र ध्वस्त : प्रभु साह

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ पुष २८, सोमबार २२:०३
सरकारको मनोमानी कर आतंक, लुट, भ्रष्टाचारका कारण मुलुकको अर्थतन्त्र ध्वस्त : प्रभु साह
12
SHARES
129
VIEWS

वीरगंज । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले पछिल्लो समय जेनजी हत्यारा, भ्रष्टाचारीहरुसंग प्रधानमन्त्री सुशीला कार्कीको हिमचिम बढेको टिप्पणी गरेका छन् । जेनजी हत्यारा, भ्रष्टाचारीलाई कहिले कारबाही हुने प्रश्न समेत उनले सरकारसंग गरे ।

आजपाद्धारा आज (सोमबार) पर्सा क्षेत्र नं. ३ को पोखरियामा आयोजित क्षेत्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले नेकपा (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको मुखनै हेर्दिन भन्ने प्रधामन्त्रीले अहिले घण्टौ बालुवाटारमा चियागफ गर्नेगरेको टिप्पणी गरे ।

ADVERTISEMENT

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका हत्यारालाई कहिले कारबाही गर्ने सरकारसंग प्रश्न गर्दै आजपा अध्यक्ष साहले हत्याराहरुसंग चिया पार्टी गरेर शहिद परिवारले न्याय नपाउने बताए । जेनजी शहिद परिवार, आन्दोलनकारीहरुले जेनजी हत्यारा, भ्रष्टाचारीलाई कारबाही कहिले गर्ने भन्ने प्रश्न दिनहुँ गरिरहेको भए पनि प्रधानमन्त्री उही हत्यारासंग घण्टौं भेटघाटमै ब्यस्त रहेको उनले बताए ।

जेन–जी आन्दोलनको रापतापमा बलपूर्वक र षड्यन्त्रमूलक तवरले देशको नेतृत्व गर्न पुगेकी सुशीला कार्कीलाई आन्दोलनको हाईज्याकरको संज्ञा दिएका छन् । यस्तै, जेनजी आन्दोलनमा बल प्रयोग गर्ने कांग्रेस र एमालेलाई भने उनले दमनकारीको संज्ञा दिएका छन् । अहिले आन्दोलनको हाईज्याकर र दमनकारीबीच अस्वभाविक उठबसले जेनजी जनविद्रोहलाई समेत गिज्याएको उनको आरोप छ ।

पछिल्लो समय नेपाली नागरिकक्ता नै त्याग्ने, जनताले पसिना बगाएर कमाएको पैसा ठग्ने, लुटने, र केही अनाडी तथा भ्रष्टहरुबाट मुलुकको संकट समाधान हुन नसक्ने उनले बताए ।

‘कोही ठग, कोही अनाडी छन । कसैले नेपाली नागरिकक्ता नै त्याग्ने त कोही भ्रष्ट र लुटेरा छन । कोही जेनजीका हत्याराहरु छन् । यस्ताबाट मुलुकको संकट समाधान हुनसक्दैन् । मुलुकको समस्या, संकट समाधान गर्न आजपा तयार रहेको छ । अहिलेको यो व्यवस्था, संविधान नै मुलुकको मुख्य समस्या भएकाले यसको खारेजीले मात्रै मुलुक सही दिशामा अगाडी बढन सक्छ,’ आजपा अध्यक्ष साहले भने ।

देशलाई दलतन्त्र, नेतातन्त्र र लुटतन्त्रबाट बाहिर निकाल्नका लागि आजपाले सुरुदेखि नै संघर्ष गरेकोले आफ्नो पार्टी सधैं जनताको पक्षमा उभिएको आजपा अध्यक्ष साहले बताए । खराब संविधान र खराब व्यवस्थाको कारण मुलुकको अवस्थापनि खराब भएको उनको टिप्पणी छ । उनले अहिलेको संविधानले देशलाई कुनैपनि हालतमा निकास नदिने ठोकुवा समेत गरे ।

यसैगरी सरकारपिच्छेको मनोमानी कर आतंकले मुलुकको अर्थतन्त्र ध्वस्त भएको बताए । तराई मधेसको सिमावर्ती क्षेत्रमा सरकारको छिनछोर कार्य र पुरस्कारको नाममा सरकारले सिमावर्ती क्षेत्रका नेपाली नागरिकलाई दुख दिइरहेको उनले बताए । भन्सारको नाममा भइरहेको यस्ता गतिविधि रोकिनुपर्ने सुझाव दिदै सरकारले मुलुकको अर्थतन्त्र जोगाउन नसकेको आरोप लगाए ।

सरकारपिच्छेको मनोमानी कर आतंक, भन्सारको नाममा भइरहेको लुट, भ्रष्टाचारको आजपाले विरोध गर्दै आएको बताउदै उनले यस्ता अनैतिक कार्य बन्द गर्नुपर्ने बताए । सरकारको मनोमानी कर आतंक, लुट, भ्रष्टाचारका कारण मुलुकको अर्थतन्त्र ध्वस्त भएको उनले बताए ।

यस्तै, कुनै पनि बहानामा चुनाव सार्ने षडयन्त्र नगर्न प्रधानमन्त्री सुशीला कार्कीलाई साहले चेतावनी दिएका छन् । कुनै दलको आन्तरिक कलह, घरझगडा वा महाधिवेशनलाई लिएर निर्वाचन सार्ने षडयन्त्र भए नेपाली जनता प्रतिकारमा उत्रिने उनले बताए । तोकिएकै मिति २१ फागुनमा प्रतिनिधिसभाको निर्वाचन हुनुपर्नेमा उनले जोड गरे ।

‘भ्रष्टाचारीलाई खबरदारी तथा लघुबित पीडÞितलाई न्याय दिलाउन’ आयोजित उक्त भेलाले निर्वाचन परिचालन सम्बन्धि महत्वपुर्ण निर्णयहरु समेत गरेको छ । आजपा नेता शिव साहको अध्यक्षतामा भएको कार्यक्रममा लघुवितबाट पीडितहरुको न्यायका लागि संघर्ष गर्दै आएका मणिराम ज्ञवाली लगायतको विशेष सहभागिता रहेको थियो ।

Previous Post

सशस्त्र प्रहरी बल पर्साद्वारा पकाहाँमैनपुरमा सातदिने केश कर्तक तालिम सम्पन्न

Next Post

बारामा विभिन्न मुद्दाका तीन फरार प्रतिवादी पक्राउ

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In