काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारले आज अपरान्ह ४ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्नेछन्।
निर्वाचन आयोगका अनुसार पुस १३ र १४ गते पेश गरिएको बन्दसूचीमा रहेका उम्मेदवारले निर्देशिका २०८२ को अनुसूची १८ अनुसार निवेदन दिई नाम फिर्ता लिन सक्नेछन्।
उम्मेदवार स्वयं उपस्थित हुन नसके वारेसमार्फत पनि निवेदन दिन सकिने व्यवस्था छ। प्रतिनिधिसभामा १६५ सदस्य प्रत्यक्ष र ११० सदस्य समानुपातिक प्रणालीबाट निर्वाचित हुनेछन्।
