काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिकाअनुसार राजनीतिक दललाई निश्चित शुल्क लिएर देशभरको मतदाता नामावली उपलब्ध गराउने व्यवस्था गरेको छ।
देशभरको नामावलीका लागि १० हजार र प्रदेशगत विवरणका लागि ५ हजार रुपैयाँ शुल्क तोकिएको छ। आयोगले जन्ममिति, नागरिकता नम्बर र मोबाइल नम्बरबाहेकको विवरण मात्र विद्युतीय रूपमा हार्डड्राइभ वा पेनड्राइभमार्फत उपलब्ध गराउनेछ।
दर्ता भएका दल, उम्मेदवार र मतदाताले तोकिएको दस्तुर तिरेर नामावली हेर्न वा प्रतिलिपि लिन सक्ने व्यवस्था पनि गरिएको छ।

