काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारमाथि आज उजुरी दिन सकिनेछ।
हिजो सातै प्रदेश राजधानीस्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता भएको थियो। निर्वाचन आयोगका अनुसार परेका उजुरीमाथि पुस २५ र २६ गते जाँचबुझ गरी नामावली प्रकाशित गरिनेछ।
पुस २७ गते उम्मेदवारी फिर्ता तथा अन्तिम नामावली प्रकाशन हुनेछ भने पुस २८ गते निर्वाचन चिह्न प्रदान गरिनेछ। १८ सिटका लागि कुल ४४ जनाले उम्मेदवारी दिएका छन्।

