• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Saturday, June 27, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

व्यावस्थापनको किचलोले हरिखेतान बहुमुखी क्याम्पसका विद्यार्थीहरुको भविष्य अन्योलमा 

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ पुष २३, बुधबार १५:२१
व्यावस्थापनको किचलोले हरिखेतान बहुमुखी क्याम्पसका विद्यार्थीहरुको भविष्य अन्योलमा 
10
SHARES
114
VIEWS
वीरगन्ज । वीरगन्जका हरिखेतान बहुमुखी क्याम्पसको व्यावस्थापनको किचलोले आफूहरु मारमा परेको त्यहाँ अध्ययनरत विद्यार्थीहरुले गुनासो गरेका छन् ।
सामुदायिक क्याम्पसलाई केही व्यक्तिहरुको स्वार्थका कारण निजीकरण गर्ने षड्यन्त्र शुरु भएपछि क्याम्पसको विवाद चरामोत्कर्षमा पुगेको छ ।
त्यहि विवादका कारण क्याम्पसमा अध्ययन अध्यापन प्रभावित हुँदा विद्यार्थीहरु मारमा परेका हुन् ।
 व्यावस्थापनको किचलोले विद्यार्थीको पाठ्यक्रम अनुसारको अध्यापन नहुने र मनोमानी शुल्क तोकेर विद्यार्थीहरुलाई शुल्क तिर्न बाध्य बनाईएको विद्यार्थीहरुले गुनासो गरेका छन् ।
सञ्चालक समितिले आफूखुशी कर्मचारी नियुक्ति गर्ने र क्याम्पस प्रशासनसँग कुनै समन्वय नै नगर्दा सञ्चालक समिति र क्याम्पस प्रशासनबीचको किचलोले विद्यार्थीहरु भने मारमा परेका छन् ।
हरिखेतान बहुमुखी क्याम्पस सञ्चालक समितिमा खेतान परिवारका प्रेम प्रकाश खेतान अध्यक्ष भएपछि पटक पटक विवादमा तानिएको छ ।
सञ्चालक समितिका अध्यक्ष प्रेम प्रकाश खेतान आएपछि क्याम्पस लामो समयसम्म क्याम्पस प्रमुखको रुपमा काम गर्दै आएका डा.भगवान प्रसाद यादवलाई हटाएर किशोरी रायलाई कार्यवाहक क्याम्पस प्रमुखको जिम्मेवारी दिईएको थियो ।
त्यसपछि उनलाई पनि निलम्बन गरेर सञ्चालक समितिका अध्यक्ष खेतानले रबिन्द्र यादवलाई अहिले क्याम्पस प्रमुखको जिम्मेवारी दिएका छन् ।
पटक पटक क्याम्पस प्रशासनमा सञ्चालक समितिको हस्तक्षेपले अहिले हरिखेतान बहुमुखी क्याम्पसको अध्ययन अध्यापन प्रभावित भएपछि विद्यार्थीहरुले आन्दोलन गरेका छन् ।
विभिन्न विषयको सुधारको माग गर्दै विद्यार्थीहरुले विरोध गरेका छन् ।
विभिन्न संकायमा अध्ययनरत विद्यार्थीहरुले धेरै किसिमका समस्या क्याम्पसमा रहेको भन्दै त्यसको समाधानका लागि क्याम्पसको मूलगेटमै ताला लगाएका थिए ।
क्याम्पस सञ्चालक समिति र क्याम्पस प्रशासनबीचको विवादले विद्यार्थीहरुको अध्ययन अध्यापनमा समेत प्रभाव परेपछि विद्यार्थीहरुले बुधबार क्याम्पसको विद्यार्थी बोक्ने बसलाई समेत बाहिर निस्कन नदिएर मूलगेटमा ताला लगाएर विद्यार्थी सहित क्याम्पस परिसरमै थुनेका थिए ।
त्यसपछि जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षकको कमाण्डमा गएको सुरक्षाकर्मीहरुले विद्यार्थीहरुलाई सम्झाई बुझाई गरेर साम्य पारेको थियो ।
जिल्ला प्रशासन कार्यालय पर्सामा विवादको विषयमा छलफल हुने भएपछि छलफलबाट समाधान निकाल्नका लागि पहिले विद्यार्थीहरुलाई बसमा बाहिर जान दिन सुरक्षाकर्मीले आग्रह गरेपछि विद्यार्थीहरुले मूलगेटमा लगाएको ताला तोडेर विद्यार्थी सहितको बस बाहिर निकालिएको वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक विक्रम सुवेदीले बताए ।
आन्दोलनरत विद्यार्थीहरुले क्याम्पसमा परीक्षा अहिलेसम्म हुन नसकेको, समयमा कोर्स सम्पन्न हुन नसकेको, विज्ञान संकायमा अध्ययन गर्ने विद्यार्थीहरुका लागि यातायातको सुविधा नभएको, मनोमानी शुल्क बढाएकोले आन्दोलन गर्नुपर्ने बाध्यता आएको बताएका छन् ।
ADVERTISEMENT
Advertisment Advertisment Advertisment
Previous Post

वीरगञ्जमा आगो ताप्दै गरेका दुई किशोरमाथि छुरा प्रहार, आक्रमणकारीको खोजी तीव्र

Next Post

राष्ट्रिय सभा निर्वाचन: आज उम्मेदवारमाथि उजुरी दिन सकिने

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In