वीरगन्ज । पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर २७, जसौलीमा मंगलबार एकदिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ।
पर्सागढी सहिद स्मृति प्रतिष्ठान र वीरगन्ज सामुदायिक आँखा केन्द्रको संयुक्त आयोजनामा संचालित उक्त शिविरमा स्थानीय बासिन्दाहरूको उल्लेख्य सहभागिता रहेको थियो।
समाजसेवीहरू जगदीश दास, रामानन्द महतो, मदन महतो, हनिफ मियाका साथै प्रगतिशील लोकतान्त्रिक पार्टीका पर्सा जिल्ला इन्चार्ज अमिताभ बच्चन दासको विशेष उपस्थितिमा शिविर सञ्चालन गरिएको थियो।
शिविरमा जम्मा १०१ जना सर्वसाधारणले आफ्नो आँखाको स्वास्थ्य परीक्षण गराएका थिए। परीक्षणका क्रममा ४५ जनामा मोतियाबिन्दुको समस्या देखिएको वीरगन्ज सामुदायिक आख्ना केन्द्रका मेडिकल संयोजक महेशसिंह धामीले जानकारी दिए ।
मोतियाबिन्दु फेला परेका ती बिरामीहरूको आगामी शनिबार वीरगन्ज सामुदायिक आँखा केन्द्रमा निःशुल्क शल्यक्रिया गरिने प्रगतीशील लोकतान्त्रिक पार्टीका पर्सा इञ्चार्ज अमिताभबच्चन दासले जनाए ।
ग्रामीण भेगका विपन्न नागरिकलाई लक्षित गरी आयोजना गरिएको यस शिविरबाट धेरैले घरदैलोमै विशेषज्ञ सेवा पाएको भन्दै खुसी व्यक्त गरेका छन्।

