• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Monday, May 25, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

वीरगन्जमा जारी कर्फ्यु दिउँसो १ बजेसम्मका लागि थपियो, हिँडडुल र भेला हुन पूर्ण रोक

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ पुष २२, मंगलवार ०९:३५
वीरगंजमा आज साँझदेखि कर्फ्यू आदेश जारी, अटेर गरे सुरक्षाकर्मीले गोली हान्न सक्ने चेतावनी
15
SHARES
167
VIEWS

वीरगन्ज । वीरगन्जमा सोमबार साँझदेखि बिहान ८ बजेसम्मका लागि जारी गरेको कर्फ्यु थपिएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जारी गरेको कर्फ्यु आदेश मंगलबार दिउँसो १ बजे सम्मका लागि थपिएको हो । मधेस प्रदेशको मुख्य व्यापारिक सहर वीरगन्जमा उत्पन्न तनावपूर्ण स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय पर्साले सोमबार साँझ ६ बजेदेखि लागु हुने गरी कर्फ्यु आदेश जारी गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम शान्ति सुरक्षा कायम राख्न यो आदेश जारी गरेका हुन् । धनुषाको कमला नगरपालिकामा भएको एक धार्मिक विवादको विषयलाई लिएर वीरगन्जमा दुई समूहले जुलुश प्रदर्शन गर्न थालेपछि स्थिति सिर्जना नियन्त्रणमा लिन प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो।

ADVERTISEMENT

प्रशासनले वीरगन्ज महानगरपालिका भित्रका पूर्वको बाइपास सडक (बसपार्क क्षेत्र), पश्चिममा सिर्सिया पुल, उत्तरमा पावरहाउस चोक र दक्षिणमा नेपाल(भारत सीमास्थित शंकराचार्य गेटसम्म कर्फ्यु लगाईएको प्रमुख जिल्ला अधिकारी दाहालले जारी गरेको आदेशमा उल्लेख छ ।

प्रशासनको निर्देशन र चेतावनी कर्फ्यु अवधिभर सर्वसाधारणलाई घरबाहिर निस्कन, हिँडडुल गर्न, कुनै पनि प्रकारको सभा, जुलुस, र्‍याली वा प्रदर्शन गर्न पूर्ण रूपमा रोक लगाइएको छ। अत्यावश्यक सेवा र सुरक्षाकर्मी बाहेक कसैलाई पनि सडकमा देखिन निषेध गरिएको छ।

प्रमुख जिल्ला अधिकारी दाहालद्वारा जारी सूचनामा भनिएको छ, ‘यस आदेशको उल्लंघन गर्ने जोसुकैलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिई प्रचलित कानुन बमोजिम कडा कारबाही गर्नेछ।’ यसअघि दिउँसो प्रशासनले निषेधाज्ञा जारी गरे पनि प्रदर्शनकारीहरूले त्यसको उल्लंघन गर्दै जुलुस र ढुङ्गामुढा जारी राखेपछि स्थिति नियन्त्रण बाहिर जान नदिन कर्फ्यु लगाइएको प्रशासनले जनाएको छ।

Advertisment Advertisment Advertisment

अहिले वीरगन्जका मुख्य चोकहरूमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ। आइतबार र सोमबार भएका प्रदर्शनका क्रममा केही प्रदर्शनकारी र सुरक्षाकर्मी समेत घाइते भएका थिए। प्रशासनले सामाजिक सद्भाव कायम राख्न र अफवाहको पछि नलाग्न सम्पूर्ण जिल्लाबासीलाई अनुरोध समेत गरेको छ।

Previous Post

वीरगन्जमा जारी कर्फ्यु दिउँसो १ बजेसम्मका लागि थपियो, हिँडडुल र भेला हुन पूर्ण रोक

Next Post

वीरगन्ज २७ जसौलीमा निःशुल्क आँखा शिविर सम्पन्न

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In