वीरगंज । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार (पुस २१) सुनको मूल्य प्रतितोला ४६ सय रुपैयाँले बढेको छ। अघिल्लो दिन प्रतितोला दुई लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भएको सुन आज दुई लाख ६५ हजार रुपैयाँ कायम भएको हो।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिन प्रतितोला चार हजार ५०० रुपैयाँ रहेको चाँदी सोमबार बढेर चार हजार ६८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

