हेटौंडा । ड्युटीमा रहेका ट्राफिक प्रहरीलाई घाइते बनाएर फरार भएका कार चालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–५, गर्दोईका ४६ वर्षीय बासुदेव आचार्य रहेका छन्।
हेटौंडा–११ थानाभर्याङमा सवारी चेकजाँचका क्रममा मापसे परीक्षण गर्न खोज्दा चालकले कार तीव्र गतिमा चलाउँदा प्रहरी जवान ब्रेथलाइजरसहित करिब १० मिटर घिसारिएर घाइते भएका थिए।
घटनापछि फरार रहेका चालक र बा ६ च ८४०९ नम्बरको कारलाई प्रहरीले चितवनको भरतपुरबाट पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।
