जनकपुरधाम । सर्लाहीको ईश्वरपुर नगरपालिका–२ राईटरखोरस्थित सागरनाथ वन विकास परियोजनाको जंगलमा एक जना वन चौकीदारको टाउको अलग भएको अवस्थामा शव फेला परेको छ।
ज्यालादारीमा कार्यरत स्थानीय ४७ वर्षीय रामईश्वर महतोको शव घरदेखि करिब ५ सय मिटर टाढा जंगलभित्र भेटिएको सर्लाही प्रहरीका प्रवक्ता डीएसपी सरोज राईले जानकारी दिए।
आज बिहान जंगलमा रुख काटिएको आवाज सुनेपछि महतो त्यतातर्फ गएको बताइए पनि दिउँसोसम्म घर नफर्किएपछि खोजी गर्दा शव फेला परेको हो। हालसम्म टाउको भेटिएको छैन भने घटनास्थलमा मुचुल्का गरी तालिम प्राप्त कुकुरको सहयोगमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
2023 Powered ll Site Designed By Newlife Ranjit Yadav l सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८ l प्रेस काउन्सिल दर्ता नं. २८६३
2023 Powered ll Site Designed By Newlife Ranjit Yadav l सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८ l प्रेस काउन्सिल दर्ता नं. २८६३