काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी आन्दोलनको मर्मअनुसार नयाँ जनादेश आवश्यक भएकाले संसद् पुनःस्थापना नहुने स्पष्ट पारेका छन्।
खाँदबारीमा आयोजित पत्रकार भेटघाटमा उनले निर्वाचन प्रक्रिया सुरु भइसकेकाले देश निश्चित रूपमा चुनावतर्फ अघि बढिसकेको बताए। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन हालकै सरकारले सफलतापूर्वक सम्पन्न गर्न सक्ने दाबी गर्दै उनले सरकार पुनर्गठन वा सर्वदलीय सरकार बन्ने सम्भावना नरहेको उल्लेख गरे।
नयाँ जनादेशपछि संविधान संशोधनको प्रक्रिया अघि बढाइने उनले बताए।
