काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक बन्द सूचीमा रहेका आशिफ साहले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। सामाजिक सञ्जालमार्फत निर्णय सार्वजनिक गर्दै उनले जनताको भावना र पार्टीभित्र उठेको आवाजको सम्मानस्वरूप सूचीबाट पछि हटेको बताएका हुन्।
साहले समानुपातिक सूचीमार्फत सांसद बन्ने बाटो रोज्न नसक्ने स्पष्ट गर्दै देश निर्माणका लागि जुनसुकै भूमिकामा रहेर योगदान दिने प्रतिबद्धता जनाएका छन्। साथै, उनले काठमाडौं–५ बाट प्रत्यक्ष निर्वाचनमा उम्मेदवारी दिन पूर्ण रूपमा तयार रहेको घोषणा गरेका छन्।
