वीरगंज । नेपाली बजारमा आज (शुक्रबार, पुस १८) सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढेको छ।
आजको बजार भाउ:
छापावाल सुन: आज प्रतितोला २ लाख ६२ हजार ५०० रुपैयाँ कायम भएको छ। बिहीबार सुन प्रतितोला २ लाख ५९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
चाँदी: चाँदीको मूल्य पनि तोलामा ११० रुपैयाँले बढेको छ। बिहीबार प्रतितोला ४ हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ५२५ रुपैयाँ पुगेको छ।
अन्तराष्ट्रिय बजारमा मूल्य बढेसँगै स्थानीय बजारमा पनि त्यसको प्रत्यक्ष असर देखिएको हो।
