काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले अत्यावश्यक सामग्री ढुवानीका सेवा प्रदायकलाई सूचीकृत हुन आग्रह गरेको छ। निर्वाचन सामग्री ढुवानीका लागि हेलिकोप्टर, ट्रक, कन्टेनर र कुरियर सेवा प्रयोग गरिनेछ।
सूचीकृत हुन इच्छुक फर्म वा कम्पनीले इजाजतपत्र, भ्याट दर्ता, आर्थिक वर्ष २०८१/८२ सम्मको करचुक्ता र विगत तीन आवको कारोबार विवरण पेस गर्नुपर्नेछ। न्यूनतम औसत वार्षिक कारोबार रकम हेलिकोप्टरका लागि ३ करोड, ट्रक/कन्टेनरका लागि १ करोड र कुरियर सेवाका लागि ३० लाख तोकिएको छ।
कुरियर कम्पनीको ७७ वटै जिल्लामा कार्यालय तथा प्रतिनिधि हुनुपर्नेछ। एकभन्दा बढी समूहमा आवेदन दिनेलाई कारबाही नगरिने र सूचीकृत गर्ने/नगर्ने अधिकार आयोगमै निहित रहने जनाएको छ। (रासस)
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।
2023 Powered ll Site Designed By Newlife Ranjit Yadav l सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८ l प्रेस काउन्सिल दर्ता नं. २८६३
2023 Powered ll Site Designed By Newlife Ranjit Yadav l सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८ l प्रेस काउन्सिल दर्ता नं. २८६३
