१४ पौष, काठमाडौँ । वैदेशिक रोजगारीका लागि न्युजिल्याण्ड पठाइदिने भन्दै १० लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सुनसरी इनरुवा नगरपालिका–१ का स्थायी बासिन्दा तथा हाल कीर्तिपुर–११ बस्दै आएका ३८ वर्षीय विशाल कटुवाल रहेका छन्।
उनले आकर्षक तलबको प्रलोभन देखाई रकम असुली सम्पर्कविहीन बनेको उजुरीपछि कीर्तिपुरबाट पक्राउ गरिएको हो। पक्राउ परेका कटुवाललाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।
