१३ पुस, काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच सात बुँदे सम्झौतापछि अन्तरिम चुनावी सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदिश खरेलले ‘नयाँ दिन, नयाँ सुरुवात’ भएको प्रतिक्रिया दिएका छन्।
खरेलले सामाजिक सञ्जालमार्फत सुन्दर र समृद्ध नेपालको सपना साकार हुने संकेत गरेका छन्। लामो समय पत्रकारितामा सक्रिय रहेका खरेल जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारमा सञ्चार तथा सूचना प्रविधि मन्त्री नियुक्त भएका हुन्।
