वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ लिंक रोडस्थित स्वस्तिका सप्लायर्समा आज बिहान आगलागी हुँदा गोदाममा रहेका हार्डवेयर सामग्री जलेर नष्ट भएका छन्। आगलागी बिहान करिब २ः१५ बजे भएको हो।
दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा करिब बिहान ४ बजे आगो नियन्त्रणमा लिइएको थियो। आगलागीबाट नजिकैका दुई पसलमा पनि आंशिक क्षति पुगेको छ। मानवीय क्षति भने भएको छैन।
आगलागीको कारण खुल्न सकेको छैन भने विद्युत सर्ट हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। क्षतिको विवरण संकलन गर्ने कार्य जारी रहेको प्रहरीले जनाएको छ।
