काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार आज र भोलि (सोमबार) राजनीतिक दलहरूले बन्द सूची पेस गर्नुपर्नेछ। पेस भएका सूची पुस १५ देखि २० गतेसम्म छानबिन गरिनेछ।
छानबिनपछि पुस २१ देखि २७ गतेसम्म सूची मिलाउन समय दिइनेछ भने माघ ४ गते बन्द सूची प्रकाशन गरिनेछ। माघ २० गते अन्तिम सूची सार्वजनिक हुने आयोगले जनाएको छ। समानुपातिक प्रणालीतर्फ सहभागी हुन दर्ता भएका दलहरूले मात्र बन्द सूची पेस गर्न पाउनेछन्।
