काठमाडौं । जेनजी आन्दोलनका कारण सत्ता गुमाएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पहिलोपटक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार जाने भएका छन्। प्रधानमन्त्री सुशीला कार्कीले आयोजना गरेको तीन शीर्ष नेताको छलफलमा सहभागी हुन ओली दिउँसो बालुवाटार पुग्ने कार्यक्रम छ।
छलफलमा समसामयिक राजनीतिक परिस्थिति, आगामी रणनीति र राष्ट्रिय मुद्दाबारे कुराकानी हुने बताइएको छ। गत भदौ २४ गते जेनजी आन्दोलन उत्कर्षमा पुगेपछि तत्कालीन प्रधानमन्त्री ओलीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत बालुवाटारबाट उद्धार गरिएको थियो। त्यसपछि उनले प्रधानमन्त्री पद गुमाएका थिए।
सत्ता गुमाएको साढे तीन महिनापछि ओली पुनः बालुवाटार जान लागेका हुन्।
