रौतहट । रौतहटको कटहरीया नगरपालिका–९ स्थित ज्योती डिस्टीलरी उद्योगमा आज बिहान बोइलर विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार विष्फोटमा लक्ष्मण राय यादवको घटनास्थलमै मृत्यु भएको हो।
घाइते हुनेमा बिगन राय, बलिराम राय, रहमत मिया, कैलाश माली, प्रेमजित राय र जगदिश राय रहेका छन्। गम्भीर घाइतेहरूलाई उपचारका लागि वीरगञ्ज लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ।
विष्फोटको कारणबारे अनुसन्धान भइरहेको र प्रहरी टोली घटनास्थलमै खटिएको छ।
