वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वीरगन्ज महानगरपालिकाको दुईवटा वडामा शुक्रबार संगठन विस्तार गरेको छ । केही दिन अघि गठन गरेको रास्वपा महानगर कमिटिले अहिले वडास्तरमा संगठन विस्तारलाई तीब्रता दिएको छ ।
यहि क्रममा शुक्रबार वीरगन्ज महानगरपालिका वडा नं.४ र ५ को गठन गरेको छ । दुवै वडाको प्रथम भेलाको रास्वपा पर्साका सभापति हरि पन्तले उदघाटन गरेका थिए । भेलालाई सम्बोधन गर्दै सभापति पन्तले आगामी निर्वाचनमा पुराना दलहरू भोट माग्न आएमा उनीहरूलाई प्रश्न गर्न आम जनतालाई आग्रह गरे ।
उनले विगत ३५ वर्षदेखि पटक–पटक सत्तामा रहेका दलहरूले देशको अवस्था सुधार गर्न नसकेको भन्दै उनीहरूले अब जनतासँग मत माग्ने नैतिक अधिकार गुमाइसकेको टिप्पणी गरे ।
सोही भेलाले वीरगन्ज महानगरका दुई वडामा नयाँ कार्यसमिति चयन गर्दै संगठन विस्तार गरेको छ। वडा नं. ४ मा सञ्चारकर्मी मुकेश सिंहको सभापतित्वमा ११ सदस्यीय वडा कमिटी गठन गरिएको छ, जसको उपसभापतिमा संगीता जोशी, सचिवमा पुकार थापा र सदस्यहरूमा शेख सहजाद, कृष्टा थापा, सुनिल दर्लामी, विजय चौहान, रोजन जोशी, प्रितम श्रेष्ठ, शंकर थापा र सरु जोशी रहेका छन्।
त्यस्तै, वडा नं. ५ मा इमरान शेखको सभापतित्वमा ११ सदस्यीय कमिटी निर्माण गरिएको छ। सो कमिटीको उपसभापतिमा अरुण मानन्धर, सचिवमा सकील अहमद र सदस्यहरूमा अमित जोशी, जमिर अख्तर, सुनिल सरार्फ, सरस्वती गुरुङ, जावेद अख्तर, शनि मानन्धर, सजाद अहमद र ओमी गुरुङ चयन भएका छन् ।
रास्वपा महानगर सभापति अमन आलमको सभापतित्वमा सम्पन्न उक्त भेलाको सहजीकरण मधेस प्रदेश संगठन विभाग उपप्रमुख प्रमोद रायमाझीले गरेका थिए ।
महानगर उपसभापति परितोश द्विवेदीले स्वागत मन्तव्य राखेको कार्यक्रममा क्षेत्रीय सभापतिहरू राम आर्य र फैयाद मिया, महानगर सचिव गौतम श्रेष्ठ, नेता परवेज अख्तर, नितु खड्गी, सुदिश प्रजापति र मुन्ना साह लगायतले पार्टीको आगामी कार्यदिशा र स्थानीय मुद्दाहरूका बारेमा आफ्ना भनाइहरू राखेका थिए ।
