वीरगंज । बढ्दो प्रतिकूल मौसम र अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने असरलाई ध्यानमा राख्दै वीरगंज महानगरपालिकाले सबै विद्यालयहरूमा तीन दिनका लागि पठनपाठन स्थगित गरेको छ।
महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले जारी गरेको सूचनाअनुसार पुस ७ गतेदेखि ९ गतेसम्म महानगरभित्रका सम्पूर्ण विद्यालयहरू बन्द रहनेछन्। यो बिदा वर्षे बिदाबाट कट्टा हुने गरी दिइएको हो। पुस १० गते बिहीबार सार्वजनिक बिदा र ११ गते शैक्षिक क्यालेन्डरमै सट्टा बिदा रहेकाले अब विद्यालयहरू पुस १३ गते आइतबार देखि मात्र पूर्ववत् समयमा सञ्चालन हुनेछन्।
चिसो बढ्दै गएपछि अभिभावक र विद्यार्थीको सहजताका लागि महानगरले यस्तो निर्णय लिएको हो।
