• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Thursday, May 14, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

वीरगञ्जमा एचआइभी/एड्ससम्बन्धी पत्रकार अन्तरक्रिया, खुला सीमाका कारण मधेसमा संक्रमणको बढी जोखिम

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ पुष ५, शनिबार १५:३९
वीरगञ्जमा एचआइभी/एड्ससम्बन्धी पत्रकार अन्तरक्रिया, खुला सीमाका कारण मधेसमा संक्रमणको बढी जोखिम
15
SHARES
163
VIEWS

वीरगञ्ज। वीरगन्जमा एचआईभी (एड्स) नियन्त्रणका लागि सञ्चारकर्मीहरुसँगको अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । एड्स हेल्थ फाउन्डेसन (AFH) नेपाल र नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको सहकार्यमा आयोजना गरिएको हो।

कार्यक्रममा एचआइभी/एड्सको रोकथाम, उपचार तथा जनचेतनाका क्षेत्रमा भइरहेका गतिविधि, सरकारी तथा गैरसरकारी संस्थाहरूको भूमिका र आगामी रणनीतिबारे विस्तृत छलफल गरिएको थियो।

ADVERTISEMENT

सहभागी वक्ताहरूले नेपालमा एचआइभी संक्रमणको अवस्था, उपचारमा पहुँच तथा जोखिममा रहेका समुदायलाई लक्षित कार्यक्रमहरूको प्रभावकारिताबारे जानकारी गराएका थिए।

पत्रकार अन्तरक्रियामा बोल्ने वक्ताहरूले एचआइभी/एड्स विरुद्धको लडाइँमा सञ्चारमाध्यमको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै सही सूचना प्रवाह, कलंक तथा विभेद न्यूनीकरणमा पत्रकारहरूको सक्रिय सहभागिता आवश्यक रहेको बताए।

कार्यक्रममा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा. सर्वेश शर्माले राष्ट्रिय एचआइभी रणनीतिक योजना २०२१–२०२६ सार्वजनिक गरेका छन्।

डा. शर्माका अनुसार सरकारले सन् २०३० सम्म नेपालमा एचआइभीलाई सार्वजनिक स्वास्थ्य समस्याका रूपमा अन्त्य गर्ने लक्ष्य लिएको भएपनि दातृ निकायहरुको अनुदान कटौती र राज्यको समेत लगानी कम हुँदा यसको लक्ष्यमा पुग्न समस्या हुने चिन्ता व्यक्त गरे ।

उनले समावेशी, समानतामूलक र पहुँचयोग्य स्वास्थ्य सेवामार्फत एचआइभी उपचारलाई निरन्तरता दिने सरकारको प्रतिबद्धता रहेको बताए। रणनीतिक योजनाका प्रमुख लक्ष्यमा नयाँ एचआइभी संक्रमण रोकथाम, संक्रमित व्यक्तिको स्वास्थ्य अवस्थामा सुधार, तथा प्रमुख र उच्च जोखिम समूहहरूमा देखिएको असमानता घटाउने पनि डा.शर्माले बताए ।

सरकारले तय गरेका लक्ष्यअनुसार अनुमानित कुल एचआइभी संक्रमितमध्ये ९५ प्रतिशतको पहिचान गर्ने, पहिचान गरिएका ९५ प्रतिशतलाई उपचारमा समावेश गर्ने, उपचारमा रहेका ९५ प्रतिशतमा भाइरल लोड सप्रेसन हासिल गर्ने, सन् २०१० को तुलनामा नयाँ एचआइभी संक्रमण ९० प्रतिशतले घटाउने, आमाबाट बच्चामा हुने एचआइभी संक्रमण पूर्ण रूपमा निवारण गर्ने लक्ष्य राखिएको छ।

यसैगरी गर्भवती महिलाबाट जन्म हुने बच्चाहरुमा संक्रमितको दर प्रति एक लाख जीवित जन्ममा ५० भन्दा कममा झार्ने लक्ष्य पनि लिइएको जानकारी गराए । मन्त्रालयका अनुसार यो योजना विश्वव्यापी ९५–९५–९५ लक्ष्यअनुरूप रहेको पनि कार्यक्रममा जानकारी गराईएको थियो।

राष्ट्रिय एचआइभी अनुमान २०२५ अनुसार नेपालमा एचआइभी संक्रमित व्यक्तिहरूको अनुमानित संख्या ३६ हजार ३३७ पुगेको छ। यसमध्ये पुरुष १९ हजार ५२९ (५४%) र महिला १६ हजार ९५६ (४६%) रहेका छन्। कुल संक्रमितमध्ये ०–१४ वर्ष उमेर समूहका बालबालिका १ हजार ५८ अर्थात (३%) रहेका छन्।

नेपालमा वार्षिक रूपमा करिब ६९८ नयाँ एचआइभी संक्रमण देखिने गरेको छ भने एचआइभीसँग सम्बन्धित वार्षिक मृत्यु संख्या ५५९ पुगेको छ। एचआइभी संक्रमित गर्भवती महिलाको संख्या २७७ रहेको र आमाबाट बच्चामा संक्रमण रोक्न विशेष स्वास्थ्य सेवाको आवश्यकता रहेको विज्ञहरूले बताएका छन्।

त्यस्तै औषधि सेवन गर्नेहरु २७ हजारभन्दा बढी
आर्थिक वर्ष २०८१÷८२ मा नेपालभर एचआइभी संक्रमित भई एआरटी ९ब्लतष्चभतचयखष्चब ित्जभचबउथ० उपचारमा रहेका सेवाग्राहीको संख्या २७ हजार ५४ पुगेको छ। प्रदेशगत रूपमा तथ्यांक अनुसार सेवाग्राहीको संख्या फरक–फरक रहेको छ।

प्रदेशगत विवरण अनुसार बागमती प्रदेशमा सबैभन्दा बढी ७,१०४ जना (२६.३%), लुम्बिनी प्रदेशमा ५,११३ जना (१८.९%) मधेश प्रदेशमा ४,६८७ जना (१७.३%), सुदूरपश्चिममा ३,७३० जना (१३.८%), गण्डकीमा ३,०६६ जना (११.३%), कोशीमा २,६२३ जना (९.७%) र कर्णाली प्रदेशमा सबैभन्दा कम ७३१ जना (२.७%) एआरटी उपचारमा रहेका छन्।

स्वास्थ्य क्षेत्रका विज्ञहरूले एचआइभी नियन्त्रणका लागि समयमै परीक्षण, उपचारमा पहुँच विस्तार, जनचेतना अभिवृद्धि तथा जोखिम समूह लक्षित कार्यक्रमलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याएका छन्।

कार्यक्रममा एड्स हेल्थ फाउण्डेशनका बरिष्ठ कार्यक्रम संयोजक कृष्णहरि सापकोटाले एचआईभी÷एड्स विकासको अवरोधको मुख्य पाटो भएको र यसलाई सबैले साझा समस्याको रुपमा लिएर सबैंको सहकार्यमा नियन्त्रण गर्न सकिने बताए । मधेस प्रदेशमा संक्रमितहरुको संख्या बागमतीपछि उच्च रहेकोले यसको न्यूनीकरणका लागि नागरिक सचेतना आवश्यक रहेकोले सञ्चारकर्मीहरुसँग अन्तरकृया गरिएको कार्यक्रम संयोजक सापकोटाले बताए ।

एड्स एल्थ फाउण्डेशनका बजार प्रमुख राधेश्याम श्रेष्ठले संस्थाले सन् २००८ देखि नेपालमा सेवा सुरु गरेको जानकारी दिदै देशभर १७ जिल्लामा काम गरिरहेको बताए । त्यस्तै मधेस प्रदेशमा पर्सा र महोत्तरीमा सेवा सञ्चालित रहेको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, जिल्ला स्वाथ्य कार्यालयका प्रमुख विनोद झा, वीरगन्ज महानगरपालिकाका स्वास्थ्य प्रवद्र्धन महाशाखा प्रमुख राजु साह लगायतले आ–आफ्ना धारणा राखेका थिए । कार्यक्रममा वीरगन्जमा विभिन्न सञ्चार माध्यमममा कार्यरत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

Previous Post

वीरगन्जमा रास्वपाको संगठन विस्तार तीव्र, वडा नम्बर ३ मा किरण कटुवालको नेतृत्वमा नयाँ समिति चयन

Next Post

वीरगन्ज कलेजका कक्षा ११ का विद्यार्थीहरुलाई ‘पाथ वे टु एक्सिलेन्स’ तालिम

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In