वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वीरगन्ज महानगरपालिकामा आफ्नो संगठन विस्तार कार्यलाई तीव्रता दिएको छ । यसै क्रममा शनिबार वीरगन्ज महानगरपालिका वडा नम्बर ३ मा रास्वपाको वडा समिति गठन गरिएको छ ।
नवगठित वडा समितिको सभापतिमा किरण कटुवाललाई चयन गरिएको छ । समितिको उपसभापतिमा लालबाबु मन्सुरी, सचिवमा अनिल कुमार दास तथा सहसचिवमा एकबाल मिया र राकेश महर्जन रहेका छन् ।
त्यसैगरी समितिको सदस्यहरूमा सुरेश पासी, अशरफ मन्सुरी, नुरेनबि मन्सुरी, छोटु साह सोनार, राजु कुमार स्वामी, समीर मिया धोबी, राजन कुमार दास, अजय कुमार दास र जावेद मिया मन्सुरीलाई चयन गरिएको छ ।
समितिको कामकारबाहीलाई प्रभावकारी बनाउन र आवश्यक परामर्श दिनका लागि मञ्जुरल हक अन्सारी, सम्सुदिन अन्सारी र ज्याउल हक मन्सुरी रहेको सल्लाहकार समितिको समेत निर्माण गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै रास्वपा पर्साका सभापति हरि पन्तले अब छिट्टै नै वीरगन्ज महानगरका सबै ३२ वटै वडामा संगठन विस्तार गरिने जानकारी दिए । उनले अहिले महानगरका विभिन्न वडाहरूबाट राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्न चाहनेहरूको ठुलो लहर चलेको दाबी समेत गरे ।
वीरगन्ज महानगर सभापति महोमद्व आलमको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सहजिकरण सचिव गौतम श्रेष्ठले गरेका थिए कार्यक्रममा महानगर उपसभापति परितोस द्विवेदी, सहसचिव मुन्ना साह र नेता परवेज आलम लगायतको विशेष उपस्थिति रहेको थियो ।

