वीरगंज । आज (आईतबार) नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँ पुगेको छ, जसले अघिल्लो उच्चतम रेकर्ड तोडेको छ। अघिल्लो दिन सुनको भाउ २ लाख ५६ हजार ६ सय रुपैयाँ थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, अन्तर्राष्ट्रिय बजारमा हाल सुनको भाउ ४,३०० अमेरिकी डलर हाराहारीमा छ, तर अमेरिकी डलरको मूल्यवृद्धिका कारण नेपाली बजारमा नयाँ रेकर्ड कायम भएको हो।
त्यसैगरी, चाँदीको मूल्य भने घटेर प्रतितोला ३,८२५ रुपैयाँ पुगेको छ।
