वीरगन्ज । अवकाश प्राप्त प्रहरी निरीक्षक ललन प्रसाद कुर्मी राष्ट्रिय स्वतन्त्र पार्टीको धोबिनी पालिका सभापतिमा चुनिएका छन् । शनिबार राष्ट्रिय स्वतन्त्र पार्टी धोविनीको प्रथम पालिका भेलाले कुर्मीलाई सर्वसम्मत रुपमा सभापतिमा चुनेको हो ।
उनी पूर्व प्रहरी परिषद पर्सा जिल्लाका अध्यक्ष पनि हुन्। भेलाले उपसभापतिमा निरज पटेल , सचिवमा उदित नारायण पटेल ,कोषाध्यक्षमा वृज लाल पटेल तथा सदस्यहरुमा प्रमोद पटेल, नुबिन राम, सन्दिप पटेल, रामनरेश पटेल, सुरसती देवी, रजरीश पटेल र प्रियंका देवी पासवान चुनिएका छन् ।
रास्वपाका क्षेत्रीय सभापति जीतेन्द्र मिश्रको सभापतित्वमा सम्पन्न भेलालाई रास्वापाका केन्द्रीय सदस्य डा।नन्दन यादव, पर्सा सभापति हरी पन्त लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।
भेलालाई सम्बोधन गर्दै सभापति पन्तले भाद्र २३ र २४ गते जेन्जी पुस्ताले गरेको राजनीतिक हस्तक्षेप र विद्रोह देशका पुराना राजनीतिक दलहरु विरुद्दको विद्रोह भएकोले अब देश र जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई एक मात्र मुलुकको परिवर्तनको सम्बाहकको रूपमा हेरेको बताए ।
उनले अब रास्वपाले आसन्न निर्वाचनमा स्पष्ट रुपमा एकल बहुमत ल्याउने पनि बताए । नेता कृष्णा पासवानले सहजीकरण गरेको उक्त भेलालाई केन्द्रीय सदस्य नन्दन यादब , प्रमोद रायमाझी, सबु कँडेल, दिलीप कुर्मी, सोनालाल पटेल, परितोश द्विवेदी लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।
