काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ले तत्काल सर्वपक्षीय अन्तरिम सरकार गठन गरी संविधानअनुसार चुनाव आयोजना गर्न प्रस्ताव गरेका छन्।
भक्तपुरको सल्लाघारीस्थित तीनकुनेमा आयोजित नेकपा एमालेको ११औँ महाधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले वर्तमान सरकारलाई ‘अध्यारो कुनाबाट बनेको अवैध’ भन्दै समर्थन नगर्ने स्पष्ट पारे।
विप्लवले संविधान पुनर्लेखनमार्फत श्रमिक, जाति, वर्ग, क्षेत्र र युवाको चाहना सम्बोधन गरेर मात्र निर्वाचन सम्भव हुने बताए। साथै, एमालेले राष्ट्रिय स्वाधीनतामा लिएको अडानका कारण देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरूको दबाब बढेको दाबी गरे।
