दाङ । दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा २२ यात्रु घाईते भएका छन् । डडेल्धुराबाट काठमाडौँतर्फ जाँदै गरेको ना८ख ७४५५ नम्बरको यात्रुबस बिहीबार बिहान दाङको लमही नगरपालिकामा–१ को कौडियापुलमा बस अनियन्त्रित भई पुलबाट खोलामा खसेको थियो ।
दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका छन् । लमहीस्थित वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक रोशनराज पाण्डेयका अनुसार बसमा कुल ३८ जना यात्रु सवार थिए । घाइतेहरूको तत्काल उद्धार गरी उपचारका लागि लमही अस्पताल पुर्याइएको छ ।
