वीरगंज । पर्सा–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जिल्ला सभापति हरी पन्तलाई उम्मेदवार बनाउने प्रबल सम्भावना देखिएको छ। स्वच्छ छवि र प्रभावशाली संगठन क्षमताका कारण पन्त प्राथमिकतामा रहेका हुन्।
यद्यपि पर्सा–२, ३ र ४ मा आकांक्षी धेरै रहेकाले पार्टीले त्यहाँका संभावित उम्मेदवारबारे अहिले कुनै नाम अघि सारेको छैन।
उम्मेदवारीबारे सोधिएकाे प्रश्नमा सभापति पन्तले रास्वपाको उम्मेदवार छनोट विधि अन्य पार्टीभन्दा भिन्न भएकाले अहिले निर्णायक रूपमा केही भन्न नसकिने बताए। उनले पार्टीले अपनाउने प्रक्रिया अनुसार आफू जहाँबाट भए पनि लड्न तयार रहेको स्पष्ट पारे।

