काठमाडौं। सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ‘उच्च सुरक्षा सतर्कता’ सहित सुरक्षा तयारी बढाएको छ।
गृह मन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको उच्चस्तरीय सुरक्षा समितिको बैठकले देशभर करिब ३ लाख १४ हजार सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको छ। यसमा १ लाख ३० हजार म्यादी प्रहरी समेत भर्ना गरिनेछ।
निर्वाचन सुरक्षार्थ नेपाली सेनाका ७९ हजार, नेपाल प्रहरीका ७२ हजार, र सशस्त्र प्रहरीका ३३ हजार जनशक्ति परिचालन गरिनेछ। शान्तिपूर्ण र निष्पक्ष निर्वाचनका लागि सुरक्षाकर्मीहरूलाई मतदान केन्द्रदेखि संवेदनशील क्षेत्रसम्म तहगत रूपमा खटाइनेछ।
