वीरगन्ज । वीरगन्ज पब्लिक कलेजले कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत गरेको छ । एसईई परीक्षा उत्तीर्ण गरेर शैक्षिक सत्र २०८२ कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई वीरगन्जको भिस्वा होटलमा एक कार्यक्रमको आयोजना गरेर स्वागत गर्नुका साथै उनीहरुलाई केही संवेगात्मक तालिम पनि दिईएको छ ।
कलेजका प्रिन्सिपल हरिरत्न तुलाधारको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि वीरगन्ज बैंकर्स संघका अध्यक्ष रोहिणी आचार्यले उदघाटन गरेका थिए ।
कार्यक्रममा स्वागत गर्दै कलेजका निर्देशक युगलकिशोर प्रसादले वीरगन्ज पब्लिक कलेज स्थापनाको २५ बर्ष पुगेको र यो यात्रा अझ निरन्तर रहने बताउदै कक्षा ११ का विद्यार्थीहरुलाई लगनशील, अनुशासित भएर अध्ययनमा लाग्न सुझाव दिए ।
कार्यक्रमका प्रमुख अतिथि बैंकर्स संघका अध्यक्ष रोहिणी आचार्यले विद्यार्थीहरुलाई आफूले पुग्ने गन्तव्य पहिचान गर्न सुझाव दिए । उनले पहिले आफू के बन्ने भन्ने निर्धारण गरेर समयको व्यावस्थापन सहित अगाडि बढेमा सफल भईने बताए ।
कार्यक्रममा प्रेस सेन्टर नेपाल मधेस प्रदेशका अध्यक्ष तथा कारोबार राष्ट्रिय आर्थिक दैनिकका मधेस ब्यूरो प्रमुख नीरज पिठाकोटे, न्युज २४ टेलिभिजनकी मुस्कान श्रेष्ठ, र बिबिसि नेपाली सेवाकी माधुरी महतोले पनि आ–आफ्ना अनुभव सुनाएका थिए ।
कार्यक्रमको दोस्रो सत्रमा कलेजका सदभावनादूत तथा मानवसेवा आश्रमका संस्थापक केन्द्रीय सदस्य देवेश गुप्ताले विद्यार्थीहरुलाई संवेगात्मक प्रशिक्षण दिएको कलेजका कोअर्डिनेटर डा.बासुदेवलाल कर्णले जानकारी दिए ।
कार्यक्रममा कलेजका सहायक क्याम्पस प्रमुख डा.अरबिन्द श्रेष्ठ, प्रकाश पराजुली लगायत कलेजका प्राध्यापक, शिक्षक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो । कलेजका विद्यार्थीहरुले विभिन्न नृत्य लगायतका सांस्कृतिक प्रस्तुती पनि दिएका थिए ।
