• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Monday, November 17, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

राजा जनक र सीताको राज्य जनकपुर बन्यो राजनीतिक रणमैदान : रामचन्द्रले चलाएको वाण बबिताले रोकिन्

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ कार्तिक २८, शुक्रबार ०८:५४ गते
राजा जनक र सीताको राज्य जनकपुर बन्यो राजनीतिक रणमैदान : रामचन्द्रले चलाएको वाण बबिताले रोकिन्
29
SHARES
319
VIEWS

जनकपुरधाम । मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर भएको राजनीतिक ‘रिसईवी’ थप झाँगिएको छ । मुख्यमन्त्री नियुक्तिको विषयमा नेकपा एमाले र अन्य सात राजनीतिक दलबीचको राजनीतिक ‘रिसईवी’ थप बढ्दै गएको हो ।

कार्तिक २२ गते मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिन बोलाईएको प्रदेशसभाको बैठकमा माओवादी केन्द्रका सांसद रहबर अन्सारी र माला कुमारी कर्णले विश्वासको मत नदिने भएपछि सोनलले पदबाट राजिनामा दिएका थिए ।

ADVERTISEMENT

नेकपा एमालेबाट सभामुख बनेका रामचन्द्र मण्डलले सभामा स्वतन्त्र भूमिका निर्वाह नगरेको भनदै सोनलले विश्वासको मत लिनुभन्दा अघि नै राजिनामा घोषणा गरेका थिए ।

त्यसपछि सरकार गठन प्रकृयामा एमालेबाटै प्रदेश प्रमुखमा नियुक्त भएकी सुमित्रा सुवेदी भण्डारीले पनि दलगत स्वार्थको भूमिकामा देखिईन् ।

उनले सरकार गठन सम्बन्धी संविधानको धारा १६८ को उपधारा (२) अनुसार कै सरकार गठन गर्नुपर्नेमा उपधारा (३) बमोजिम एमालेकै प्रदेशसभा संसदीय दलका नेता सरोज कुमार यादवलाई जस्केलोबाट मुख्यमन्त्री नियुक्त गरेपछि विवाद थप बढ्दै गएको हो ।

प्रदेश प्रमुख भण्डारीले मुख्यमन्त्री मात्रै नियुक्त गरेनन् उनले महोत्तरी र सिन्धुलीको सीमानामा पर्ने एक होटलमा सपथ ग्रहण गराएपछि सातदलीय गठबन्धनले यसमा थप विवाद बढाए ।

त्यसपछि सात दलीय गठबन्धनले मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डल विरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराउन पुगे । त्यसबेला पनि विपक्षी सांसदहरुलाई ४० मिनेट प्रदेशसभामै बन्धक बनाईए ।

जस्केलाबाट मुख्यमन्त्री नियुक्त भएका सरोज कुमार यादवले काठमाडौबाट फर्किने क्रममा जनकपुर विमानस्थलबाट शक्ति प्रदर्शन गरे । यसले मधेसमा सल्किएको राजनीतिक आगोमा थप घ्यु हाल्ने काम भयो ।

त्यसपछि प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले आफ्नो धनुषवाण अस्त्रको रुपमा संसद नियमावलीको प्रयोग गरी प्रदेशका पाँचजना सदस्यलाई लगातार १० वटा बैठकमा अनुपस्थित भएको कारण देखाउदै पदमुक्त गरे ।

लगत्तै मधेश प्रदेश सभाकी उपसभामुख बबिता कुमारी राउत ईशरले सभामुखले पदमुक्त गरेको प्रदेशसभा सचिवालयबाट जारी भएको सूचनालाई बदर गरेकी छिन् ।

उपसभामुख ईशरले २७ गते बिहीबारको पत्रमार्फत सो पद रिक्त सम्बन्धी निर्णय बदर गरिएको जानकारी गराएकी छिन् । उपसभामुखले जारी गरेको गरेको सूचना अनुसार, उक्त पद रिक्त सम्बन्धी सूचना सभामुखको विरुद्धमा ‘पद अनुकूल आचरण नगरेको’ कार्तिक २७ गते प्रदेश सभा नियमावली, २०७५ को नियम १८० को उपनियम २ (क) बमोजिम प्रस्ताव उपसभामुख समक्ष पेश भइसकेको अवस्थामा ‘प्रस्तावको प्रतिशोध स्वरूप आवेगमा गरेको निर्णय’ भएको ठहर गरिएको छ।

उनले थप स्पष्ट पार्दै पछिल्लोपटक कार्तिक २२ गतेको विश्वासको मत सम्बन्धी बैठकमा उक्त सूचनामा उल्लेख भएका सम्पूर्ण प्रदेशसभा सदस्यहरू उपस्थित रहेको हाजिरी तथा भिडियो रेकर्डबाट देखिएकोले पनि पद रिक्त सम्बन्धी सूचना बदर गरिएको बताईन् ।

यस निर्णयसँगै, विवादित सूचनामा उल्लेख गरिएका प्रदेश सभा सदस्यहरूको पद यथावत् रहने भएको उपसभामुख बबिता कुमारी राउत ईशरले सम्बन्धित सम्पूर्ण सरोकारवालाहरूलाई यस व्यहोराको जानकारी गराएकी छिन् ।

संघीयताको मर्म अनुसार बनेको मधेस प्रदेशमा नै संघीयताको भद्दा प्रदर्शन भईरहँदा संघीयता विरोधी र प्रदेश खारेजको माग गरिरहेकाहरुलाई बल पुगेको दलहरुले हेक्का राखेका छन् कि छैनन् भन्ने आम नागरिकले प्रश्न गरेका छन् ।

दलहरुको कार्यशैली र यसअघिका प्रदेश सरकारहरुको कामकाजले नै अघाईसकेका नागरिकलाई जेन्जी आन्दोलनले दल र दलका नेताहरुलाई पाठ सिकाए भन्न थालेका थिए । तर, दल र नेताहरुको प्रवृत्ति भने अझै उस्तै देखिएको छ । राजनीतिक दलहरु अब कहिले सच्चिने ?

Previous Post

युएई अध्ययन गर्ने विद्यार्थीहरूलाई शिक्षा मन्त्री पुनको आग्रहः नक्कली कलेजको प्रलोभनमा नपर्नुहोस् !

Next Post

सरकारी अनिर्णयले वीरगन्ज भन्सारमा १८५ कन्टेनर बेवारिसे मालवस्तु अलपत्र

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In